
१४ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टायता थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता देशभर थप ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको पुगेको छ ।
मन्त्रालयका अनुसार आज ४०९६ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । हाल देशभर ३८ हजार ३५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल क्वारेन्टाइनमा २६६६ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस