समाचार

धादिङमा स्करपियो दुर्घटनामा हुँदा ५ घाइते

road accident

१४ कात्तिक, काठमाडौं । बुटवलबाट काठमाडौं तर्फ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस