समाचार

म्याग्दीको बेनी नगरपालिका एक साताका लागि पुन: लकडाउन

Beni Bazaar

१४ कात्तिक, म्याग्दी । बेनी नगरपालिका क्षेत्रमा एक साताका लागि पुन: लकडाउन गरिएको छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० वर्षीय वृद्धको दसैंकै बीचमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो सूचना प्रकाशन गरी बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनीस्थित सबै बैंक, वित्तीय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु समेत शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरेको जनाएको छ । बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघ समेतका आग्रहमा जिल्ला प्रशासनले लकडाउन गरेको जनाएको छ ।

अति आवश्यक सेवा र वस्तु (अस्पताल, औषधि पसल २४ सै घण्टा)का सबै पसल बिहान ८ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । आवश्यक सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाई अति जरुरी कामबाहेक कसैले पनि घर बाहिर ननिक्लन र संक्रमित जिल्लाबाट म्याग्दीमा आवतजावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस