समाचार

मुकेश हत्या प्रकरण : हत्याको ८ दिनपछि अन्त्येष्टि

birjung mukesh

१४ कात्तिक, काठमाडौं । पर्सामा नेकपाका दुई गुटबीच भएको झडपमा मारिएका नेकपाका जिल्ला सदस्य मुकेश चौरसीयाको हत्या भएको ८ दिनपछि मात्रै अन्त्येष्टि गरिएको छ ।

बिहीबार सरकारी वकिलको कार्यालयमार्फत पर्सा प्रहरीले १२ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको भोलिपल्ट मृतकका परिवारले चौरसियाको शव बुझेर अन्त्येष्टि गरेको हो ।

पीडित परिवारले हत्यामा संलग्नविरुद्ध जाहेरी दिएपनि प्रहरीले दर्ता गर्न नमान्दा ८ दिनदेखि चौरसियाको शव वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको थियो ।

मुकेशको शवलाई उनकै गाउँ विन्दवासिनी गाउँपालिकास्थित बहुअर्वाभाठामा लगेर शुक्रबार साँझ अन्त्येष्टि गरिएको हो । मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।

अन्त्येष्टिमा पूर्वमन्त्री यादवका साथै नेकपाका नेता रामचन्द्र झा, प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतका नेता कार्यकर्ता पनि सहभागी भएका थिए ।

नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीकोसपथ ग्रहण कार्यक्रममा कात्तिक ६ गते दुई पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस