समाचार

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

bike accident

१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आलमपुरस्थित सडकमा बा ६० प २६०२ नम्बरको मोटरसाइकल आज बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस