
१४ कात्तिक, मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना सङ्क्रमत थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सङक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्बुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९५३ पुगेको छ ।
यस प्रदेशमा आज ६१९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ । अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।
प्रदेश नं. १ मा ७१ पत्रकार सङ्क्रमित
प्रदेश नं. १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश नं. १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु सङ्क्रमणमुक्त भएका छन् ।
यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसीआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।