समाचार

दाङका ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

covid 19 dead body

१५ कात्तिक, काठमाडौं । दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको हो ।

उनी  कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई  कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो । बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको मृत्यु भएको हो ।

योसँगै बाँके जिल्लामा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँकेका ३० जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस