बलिउड / हलिउड

काजल अग्रवालले गरिन् गौतम किचलुसँग विवाह, हेर्नुहोस् नयाँ जोडीको पहिलो तस्वीर

kajal gautam

१५ कात्तिक, काठमाडौं । अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना ब्वाइफ्रेण्ड गौतम किचलुसँग विवाह गरेकी हुन् । मुम्बइको एक होटलमा शुक्रबार उनीहरुको विवाह भएको हो ।

कोरोनाभाइरस महामारीका कारण उनीहरुको विवाहमा निकै कम पाहुना सहभागी भएका थिए । यससँगै उनीहरुको बिहेपछिको पहिलो तस्वीर सार्वजनिक भएको छ । विवाहमा काजल रातो रंगको लहंगामा देखिएकी थिइन् ।

गौतम सेतो रंगको शेरवानीमा देखिएका थिए । काजलका पति एक व्यवसायीका साथै इन्टिरियर डिजाइनर हुन् ।

kajal marrige 1 kajal marrige 2 kajal marrigekajal aggarwal

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस