समाचार

कैलालीमा एकै घरबाट २९ जना जुवाडे पक्राउ

Juwa

१५ कात्तिक, कैलाली । कैलालीमा प्रहरीले २९ जना जुवाडेलाई प्रकाउ गरेको छ । कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउले बजारका यज्ञबहादुर विष्टको घरमा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

शनिबार बिहान करिब सुदूरपश्चिम प्रदेश प्रहरी र कैलाली प्रहरीको टोलीले २ लाख ५१ हजार ४०० रुपैयाँ नगद र ८ गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पदमबहादुर साउद, बीरराम डंगौरा, चक्रबहादुर विष्ट, चन्द्रप्रकाश चौधरी, प्रेमसिंह बम, दिपेन्द्र मौनी, सागर चौधरी, विनोदकुमार केसी, ज्ञानबहादुर बम, रामअवतार चौधरी, गंगालाल चौधरी, बरातीलाल डंगौरा, रामबहादुर साउद, जञ्जिर चौधरी, सञ्जय चौधरी छन् ।

यस्तै, अर्जुन चौधरी, ठग्गुप्रसाद डंगौरा, तारा हमाल, यज्ञबहादुर विष्ट, दीर्घराज जोशी, देवराज उपाध्याय, विमलकुमार चौधरी, सुदन साउद, टेतराम चौधरी, सन्तोष हमाल, शिवराज बिनाडी, प्रकाश कोटकेनी, भीमबहादुर बम र विनायक चौधरी छन् ।

उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस