समाचार

महोत्तरीमा ३ लाख ३२ हजार नगदसहित ३ जुवाडे पक्राउ

juwa khelne pakrau

१५ कात्तिक, महोत्तरी । महोत्तरीबाट जुवा खेलिरहेको अवस्थामा तीनजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनरासिस्वा–७ का ४० वर्षीय विनोद कुमार साह, ४० वर्षीय सरोजकुमार साह र ३५ वर्षीय सन्तोषकुमार साह रहेका छन् ।

जुवा खेलेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोस्ट सरपल्लोबाट गएको संयुक्त टोलीले ९ थान कौडा र नगद ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

नियन्त्रणमा रहेका तीनै जनालाई ‘जुवा मुद्दामा’ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस