समाचार

शनिबार देशभर थप २५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

१५ कात्तिक, काठमाडौं । शनिबार देशभर थप २५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । योसँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ । यस्तै हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस