समाचार

धनगढीमा लागुऔषधसहित १ जना पक्राउ

arrest

१५ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

पक्राउ परेका रानालाई लागुऔषध खैरो होरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस