समाचार

प्रदेश नं १ मा २२२ कोरोना सङ्क्रमित थपिए

covid 19

१५ कात्तिक, मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६मध्ये विराटनगरमा १०५, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश बाहिरका पाँच सङ्क्रमित छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेशमा आज ३२ सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ५९ हजार ७५१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस