विश्व/प्रवास

बङ्गलादेशमा कोरोनाबाट ५ हजार ९ सय बढीको मृत्यु

bangladesh covid 19

१५ कात्तिक, काठमाडौं । बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ४ लाख ७ हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु भएको जनाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्लादेशमा पछिल्लो २४ घण्टामा कूल ११ हजार ५३२ कोभिड–१९ को नमूना परीक्षण भएको छ । यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको भएका विरामीको सङ्ख्या तीन लाख २४ हजार १४५ पुगेको छ । शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४४२ रहेको महानिर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये मृत्युदर १.४५ प्रतिशत रहेको छ भन् ७९.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी मृत्यु जुलाई ३० मा ६४ जनाको भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *