समाचार

मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

suicide

१५ असोज, काठमाडौं । प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा १ सय ५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए। जसमध्ये आत्महत्या गर्न दुरुत्साहन गरेको घटना आर्थिक वर्ष ०७५र७६ मा ४, आर्थिक वर्ष ०७६÷७७ मा १३ र चालु आर्थिक वर्षको दुई महिनामा ४ वटा दर्ता भएको उनले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईंका अनुसार पछिल्लो समय मधेसी समाजमा आत्महत्या बढ्दै गएको यथार्थ हो। यसका धेरै कारणमध्ये गरिबी, अशिक्षा, सामाजिक हानिकारक परम्परा प्रमुख हुन्। पञ्चायती प्रथाले पनि आत्महत्याका घटनालाई बल पर्याइरहेको उनको विश्लेषण छ। ‘देवानी प्रकृतिका सामान्य घटनामा सामाजिक छलफल गरेर सामाधान गर्नुसम्म क्षम्य नै हुन्छ। तर फौजदारी प्रकृतिका घटना पनि पञ्चायतीबाट मिलापत्र गर्ने क्रम नरोकिँदा आत्महत्याका घटनालाई थप बल पुगिरेहेको छ’, उनले भने। पछिल्लो समय यस्ता घटनालाई रोक्न कानुन नै आइसकेको उनले बताए। उनका अनुुसार आर्थिक वर्ष ०७५/७६ देखि भदौसम्म यस प्रदेशमा आत्महत्या दुरुत्साहन गरेका २१ वटा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ (१) मा कसैले कसैलाई पनि आत्महत्या गर्न दुरुत्साहन गर्न वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ। उपदफा २ ले आत्महत्याका लागि दुरुत्साहनको कसुर गर्नेलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यो समाचार आजको मिथिलेश यादवले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस