समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

१५ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल हाल बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । भने देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस