समाचार

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

corona hospital butwal

१५ असोज, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत असोज १२ गते स्वास्थ्यमा समस्या भई पीसीआर जाँच गराउँदा पोजिटिभ देखिएका बुटवल ८, सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ११:३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतक १२ गते पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । मृतकमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस