बलिउड / हलिउड

शाहरुख खानसहित चार नायक पनि लागुऔषधमा संलग्न रहेको खुलासा

sarukhan

१५ असोज, मुम्बई । बलिउड ड्रग्स केसमा यसअघि भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर अहिले ड्रग्स केसमा शाहरुख खानसहित एकैपटक चार बलिउड नायकहरुको नाम जोडिएको छ । एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

दैनिक भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै जनाएअनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउड नायिकाहरुको मात्र नाम ड्रग्स केसमा जोडिएको थियो । तर पहिलोपटक बलिउड नायकहरुको पनि नाम ड्रग्स केसमा जोडिएको छ । दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले जनाएको छ ।

एनसीबी अधिकारीसँगको कुराकानीको पूर्ण विवरण भास्करसँग सुरक्षित रहेको जनाइएको छ । ती अधिकारीले बलिउड नायकहरुको नाम लिँदा कोड प्रयोग गरेका थिए । उनले ए, डि, आर र एस कोडमा नामहरु बताएका थिए । ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डि’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणबीर कपूर र ‘एस’ को अर्थ शाहरुख खानको नाममा उनले संकेत गरेका हुन् । ती अधिकारीकाअनुसार रामपाल शाहरुखका लागि ड्रग्स सप्लाई गर्दै आएपनि डिनो मोरिया लगायतका नायकहरुको बारेमा भने अनुसन्धान भैरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस