
१५ असोज, कैलाली । नक्कली कागज तयार गरी नेपाली नागरिकलाई भारत पठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ३९ का जयन्द्र स्वार, ४ बस्ने वर्ष ३५ का मान बहादुर बिष्ट र २ बस्ने वर्ष २७ का छत्र रावल रहेका छन् ।
पैसा लिएर नक्कली कागज जाद बनाई नेपाली नागरिकलाई भारततर्फ पठाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई सार्वजनिक हितविरुद्दको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस