१५ असोज, काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी जिल्ला इटहरी-६ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
बिराट मेडिकल कलेजबाट बुधाबार साँझ रेफर भएका ती संक्रमितको उपचारका क्रममा राती ९:४५ बजे प्रतिष्ठानमा मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार गम्भीर अवस्थामा रहेका उनलाई ९:३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो । भर्ना भएको १५ मिनेटपछि उनको मृत्यु भएको हो ।
उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो । तर ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस