समाचार

महोत्तरीमा जबरजस्ती करणीको आरोपमा वडा सचिव पक्राउ

rape

१५ असोज, धनुषा । महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोहि वडाका वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए ।

ती महिलाले दिएको बयान र जाहेरीका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । आरोपित वडा सचिव यादवलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस