
१५ असोज, काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । कार्यकाल सकिन केही दिन बाँकी हुँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको छ । रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बन्नेछन् ।
आज बालुवाटारमा बसिरहेको मन्त्रिपरिषदको वैठकले नयाँ मुख्य सचिव नियुक्त गर्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस