१५ असोज, रौतहट । रौतहटको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ ।
गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत बिहीबार विहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् ।
कटानी बजारका एक युवकसँग शौचालयमा शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार साझ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।
प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।
प्रहरीले ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस