बैँक / वित्त

बिगमार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा विशेष छुट

bigmart offer

१५ असोज, काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुःन सूचारू भएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै यो योजना पूनः सूचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहनेछ ।

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजनाअनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा ई–सेवा तथा फोनपेबाट (मोबाइल बैंकिङ्ग) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम रू ३ सय सम्म पाइनेछ ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस