समाचार

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर एक जनाको मृत्यु

bead body tag

१५ असोज, रोल्पा । रोल्पामा मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर खड्काले जानकारी दिए ।

सामान्य वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते भएका भरतको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री प्यूठानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको खड्काले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस