विश्व/प्रवास

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

earthquake china

१५ असोज, टोङ्गा । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो ।

टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन ।  प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो । –एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस