
१५ असोज, काठमाडौं । सरकारले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको हो ।
त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ ।
मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस