समाचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो

covid 19 dead body

१५ असोज, काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

यस्तै, बिहीबार नेपालमा थप १९११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५०९ जनाको मृत्यु भएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस