
१५ असोज, सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रमुख कलौनी ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका थिए । प्रदेश प्रमुखको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । साथै उनी चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बसेका छन् ।
यस्तै कर्णाली प्रदेशमा बिहीबार एक सय पाँच जना सङ्क्रमित थपिएका छन । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय ५६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस