विश्व/प्रवास

भारतीय काँग्रेसका नेताद्वय राहुल र प्रियंका गान्धी पक्राउ

priyanka rahul

१५ असोज, काठमाडौं । भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई बिहीबार उत्तर प्रदेशको प्रहरीले प्रहरीले पक्राउ गरेको छ । उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको अरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो ।

राहुल र प्रियंका गान्धी दिल्लीबाट पीडितको परिवार भेट्न हाथरसतर्फ जानेक्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

राहुलले प्रहरीलाई भीडभाड नगरी हाथरसतर्फ जान चाहेको बताएका थिए । तर भिड बढेको भन्दै प्रहरीले राहुल गान्धी सवार गाडीलाई रोकेको थियो । त्यसपछि उनीहरु हिँडेरै भए पनि हाथरस जान तम्सिएपछि प्रहरीले गिरफ्तार गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस