समाचार

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक चिकित्सकको मृत्यु

covid 19 death

१५ असोज, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा.हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु  भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा.रविन खड्काले जानकारी दिए ।

दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो  ।

उनी प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आएका थिए ।नेपालका कोरोनाबाट चिकित्सकको  मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस