समाचार

विषम स्थिति सर्जकका लागि अवसर पनि हो : कुलपति

ganga upreti

१५ असोज, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विषम स्थितिले स्रष्टालाई कुनै असर नगर्ने बरु त्यसले अवसर सिर्जना गर्ने बताएका छन् ।

पुष्पराग साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि ढुण्डिराज पोखरेल ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ कवितासङ्ग्रह बुधबार लोकार्पण गर्दै कुलपति उप्रेतीले कोभिड –१९ को महामारीप्रति लक्ष्य गर्दै चेतना र इच्छाशक्तिलाई मानिसको उमेरले फरक नपार्ने उल्लेख गरे ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय,  काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल, पूर्वप्राज्ञ परिषद् सदस्य विष्णु प्रभात, प्राज्ञसभा सदस्य शशी लुमुम्बूलगायतले लोकार्पित कृतिका स्रष्टालाई शुभेच्छा व्यक्त गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस