विश्व/प्रवास

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प

earthquake

१५ असोज, काठमाडौं । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।

स्थानीय समयअनुसार बिहीबार बेलुका ४.४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको समाचारमा जनाएको छ । अत्याधिक धेरै भूकम्प गइरहने भएकाले पपुवा न्यूगिनीलाई “रिङ अफ फायर” पनि भन्ने गरिन्छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस