समाचार

नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्धः मन्त्री सोनल

jitendtra sonal

१५ असोज, सप्तरी । प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाढीबाट वर्षेनी ठूलो धनजनको क्षति पु¥याउँदै आएको बलान नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले कटान गरेको स्थलहरुको आज स्थलगत अध्ययन तथा निरीक्षणपछि आयोजित समारोहमा उनले बलान नदीबाट हुने कटान र डुबानको समस्या समाधानका प्रदेश सरकार स्रोतसाधनले भ्याएसम्म प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“प्रदेश सरकारले सक्ने जति तत्काल बजेट उपलब्ध गराएर नदी नियन्त्रण गर्छ” उनले भने, “प्रदेश सरकारले नसक्ने भए सङ्घीय सरकार र अन्य निकायलाई गुहारेर भएपनि नदी नियन्त्रण गरेरै छाड्छौं ।” बाढीबाट हुने कटान र डुवानबाट अब कुनै पनि बस्तीलाई जोखिममा पर्न नदिने उनको भनाइ छ ।

अध्ययन तथा निरीक्षण टोलीमा प्रतिनिधिसभा सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव र प्रदेशसभा सदस्य अभिषेक यादवलगायत थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस