समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

१६ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज उत्तर पश्चिम  बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य  बदली भइरहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १,  प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । साथै,  प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस