फुटबल

लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनलमा क्वार्टरफाइनलमा

liverpool panalty

१६ असोज, काठमाडौं । लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा निर्धातिर समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टीमा आर्सनल ५–४ गोलअन्तरले विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा आर्सनलका गोलकिपर बर्नाड लेनो नायक बने । उनले लिभरपुलका दुईवटा पेनाल्टी राके । त्यसपछि जो विलकले निर्णायक पेनाल्टीमा गोल गर्दै आर्सनललाई जीत दिलाए । आर्सनलका लागि मोहमद एल्नेनीले पेनाल्टी मिस गरे पनि लेनोले डेभिड ओरिगी र ह्यारी विल्सनको पेनाल्टी रोकेका थिए ।

चार दिनअघि मात्र प्रिमियर लिगमा लिभरपुलसँगै ३–१ गोलअन्तरले पराजित भएको आर्सनलको हिजोको प्रदर्शनबाट म्यानेजर मिकेल आर्टेटा खुसी देखिए । लिभरपुलमाथिको जीतसँगै उनले आफ्नो टोलीले एक कदम अगाडि लिएको जिकिर गरे ।

अब अन्तिम आठमा आर्सनलले म्यान्चेस्टर सिटीको सामना गर्नेछ । सबै खेल डिसेम्बरमा खेलाइनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *