समाचार

मकवानपुरको भैंसेमा सवारी दुर्घटनाहुँदा तीन जना घाइते

bhaise road accident

१६ असोज, मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते हुनेमा गाडीको चालक, सहचालक र अर्का एक जना व्यक्ति रहेका छन् ।

दुर्घटनामा सवारी चालक कलैया उपमहानगर–२ का ४० वर्षीय मिश्रीलाल राउत, सहचालक २३ वर्षीय कन्हैयालाल पटेल र गाडीमा सवार ३० वर्षीय अनिलकुमार कुसवाहा घाइते भएका छन् ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उक्त ट्रकमा औषधिलगायत अन्य खुद्रा सामानहरु रहेको बताइएको छ । गाडीको स्टेयरिङ बिग्रिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस