समाचार

कृषकका गुनासा सुन्न ‘कल सेन्टर’

phone call

१६ असोज, जाजरकोट । नेपालमै पहिलोपटक पोषण एप्स प्रयोगमा ल्याएको भेरी नगरपालिकाले फेरि कृषकका गुनासा सम्बोधन गर्न निःशुल्क टोल फ्रि नम्बर प्रयोगमा ल्याएको छ ।

‘किसान कल सेन्टर’ नाम दिइएको उक्त फोन सेवा निःशुल्क हुने भेरी नगरपालिकाले जनाएको छ । नगरको कृषि शाखामा रहने उक्त कल सेन्टरमा कृषकले आफूलाई परेको समस्याबारे जिज्ञासा राख्दा समाधान पाउने अपेक्षा लिइएको छ ।

कृषकले अब १६६०८९४३००३ मा सम्पर्क गर्न नगरले अनुरोध गरेको छ । गाउँ–गाउँबाट सानो समस्य लिएर सदरमुकाम आउनुभन्दा फोनमार्फत समस्या राखेर समाधान भएमा समय र दुःख दुवै बच्ने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस