
१६ असोज, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।
मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल गर्न शुक्रबार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता सुरु भएको हो ।
सरकारले डा. युवराज खतिवडालाई राजदूतमा नियुक्त गरेको भोलीपल्ट अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । डा. खतिवडाको नियुक्तीका विषयमा असन्तुष्ट रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्ने स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस