समाचार

सिरहाका ११५ वर्षीय वृद्ध सम्मानित

old man

१६ असोज, सिरहा । मुक्ति नेपाल सिरहाले ११५ वर्षीय ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह र ७० वर्षीय लक्ष्मण दासलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले पौष्टिक आहारसहित दुवै जनालाई दोसल्ला ओढाएर सम्मान गरे । उनले दिवसमा मात्र नभई हरेक व्यक्तिले आ–आफ्ना घरका ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए ।

संस्थाकी अध्यक्ष देवकुमारी महराको अध्यक्षमा भएको कार्यक्रममा कार्यक्रम निर्देशक श्यामकुमारी साह, नेपाली काँग्रेसका जीवछ गुप्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष वीरेन्द्र सिंहलगायतको सहभागिता थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस