
१६ असोज, काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
गत आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारसम्म घटबढ हुँदै ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस