
१६ असोज, कपिलवस्तु । कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १६ वर्षीया बहिनी लाई पक्राउ गरेको हो ।
लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा उनीहरूको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनीहरूको साथबाट २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । सुनको बजार मूल्य रु ४२ लाख तीन हजार ९६ रहेको प्रहरीको भनाइ छ ।
सुनसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस