
१६ असोज, काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ ।
कोभिड–१को महामारीका बीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.comमार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ ।
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस