
१६ असोज, अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापालाई कोरोना पुष्टि भएको हो ।
त्यस्तै सिडिओका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ्य कार्यालयका सूचना अधिकारीलाई कोरोना देखिएको छ । उनीहरुसँग अर्का एकजना सशस्त्र प्रहरीका असई र एकजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको अर्का सहायक सिडिओ विनोद खनालले जानकारी दिए ।
गत बुधबार स्वास्थमा समस्या आएपछि सिडिओलगायत १० जनाको स्वाब संकलन गरेर गुल्मी प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस