समाचार

काठमाडौं उपत्यकामा एकैपटक थपिए १६ सय बढी कोरोना संक्रमित

Kathmandu

१६ असोज, काठमाडौं । काठमाडौंमा १ हजार २८० सहित उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप  १ हजार ६३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १ हजार २८०, भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, शुक्रबार नेपालमा थप २ हजार ७२२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस