पर्यटन

१२ वर्षपछि यती एयरलाइन्सको सिमरा उडान पुनः सुचारु हुँदै

yeti air

१६ असोज, काठमाडौं । यती एयरलाइन्सले १२ वर्षपछि पुनः सिमरा उडान सुरु गर्ने भएको छ । सुरुमा उडान सञ्चालनमा आएर पनि सन् २००८ देखि बन्द रहेको सो उडानलाई यतीले आगामी २१ असोज (अक्टोबर ७) देखि पुनः सुरु गर्न लागेको हो ।

आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा १२ वर्षदेखि रोकिएको उडानलाई पुनः सुरु गर्न लागेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार कोभिड-१९ को सङ्क्रमणको समयमा आवश्यक मापदण्ड अपनाएर सिमरामा जहाज उड्ने भएको छ । उनका अनुसार २१ असोजबाट दैनिक २ वटा उडान काठमाडौं-सिमरा रुटमा हुने भएको छ ।

उनका अनुसार यतीले सिमरामा जेटईस्ट्रीम-४१ जहाज उड्नेछ । यहाँ प्रत्येक दिन बिहान ९:०० बजे र साँझ ४.४५ बजेका लागि उडान समय राखिएको छ । यो रुटमा प्रमोसनल भाडा मात्र काठमाडौं-सिमरा-काठमाडौंको एकतर्फी २ हजार ८ सय तोकिएको छ ।

यती एयरलाइन्ससँग अहिले एटीआर-७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम-३० सिटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा छन् । सिमरामा यसअघि बुद्ध एयरले नियमित उडान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस