बैँक / वित्त

प्रभु पेको क्युआर प्रयोग गरि ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा

prabhu pay gyapu

१६ असोज, काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटीटी (मोबाइल टिभी) निःशुल्क प्राप्त गर्ने भएका छन् ।

ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा  १० प्रतिशत (अधिकतम) ५०० रुपैयाँ क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । ग्यापुको दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बाताइएको छ ।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्ता मध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभी दिने जनाएको छ । त्यस्तै दशैं धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताए ।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस