समाचार

प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने निर्णयविरूद्ध कांग्रेसले आन्दोलन गर्ने

Bhalubang

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव संसदमा दर्ता गरेपछि नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलन सञ्चालन गर्ने बताएका हुन् ।

‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ। यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिन चाहन्छौं,’ सभापति रज्जाकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को अस्थायी राजधानी तोकिएको उल्लेख गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको  सभापति रज्जाकले बताए ।

nepali congress press release butwal

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *