समाचार

सप्तरीमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

covid 19 dead

१६ असोज, सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको  मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए ।  ती पुरुषको उपचारका क्रममा आज  मृत्यु भएको हो ।

यसअघि भक्तपुर अस्पतालमा उपचाररत् सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ सङ्क्रमणबाट मृत्यु भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा.सुनिल ढुंगेलले जानकारी दिए ।

सङ्क्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ ।  सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस