समाचार

बुटवलबाट राजधानी सार्ने निर्णयविरूद्ध नेविसंघको विरोध प्रदर्शन, सरकारी गाडीमा तोडफोड

Butawal birodh

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा सार्ने प्रस्ताव गरेलगत्तै बुटवलमा आन्दोलन शुरु भएको छ । शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएलगत्तै नेविसंघले बुटवलका नेपालगञ्ज रोड, पुष्पलाल पार्क र ट्राफिक चोकमा टायर बालेर नारा जुलुससहित प्रदर्शन गरेको हो ।

उनको प्रस्तावमा प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।आन्दोलनकारीले प्रदेशसभा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी समेत तोडफोड गरेका छन् ।

त्यस्तै लु १ झ ४४९ नम्बरको अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रदेशसभा भवन अगाडि कालिकापथमा अर्को एउटा गाडीमा समेत तोडफोड भएको जनाइएको छ । आन्दोलनकारीले बुटवलको मिलनचोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस